Tuesday, July 13, 2010

दोधारमा ब्राजिलीयन फुटबल


चार वर्षपछि विश्वकप फुटबल फेरि ब्राजिल र्फकदैछ । विश्वकपको अर्को संस्करण सन् २०१४ मा ब्राजिलले आयोजना गनेर् छ, तर विश्वकप २०१० को असफलताले भने ब्राजिलीयन फुटबललाई संगीन मोडमा पुर्‍याएको छ, सम्भवतः ब्राजिलीयन फुटबलको वर्तमान अवस्था दोधारमा छ भन्दा बढी उपयुक्त हुन्छ । ब्राजिलीयन फुटबलको वास्तविक परिचय के हो, त्यसमै समस्या भएको छ ।

नेदरल्यान्डको हातबाट पराजित हुँदै ब्राजिल यसपल्टको विश्वकपबाट बाहिरिएको हो । क्वाटरफाइनलमा एक गोलको अग्रता लिएर पनि ब्राजिलले अविश्वसनीय रूपमा त्यसलाई कायम राख्न सकेन । खेल नेदरल्यान्डले २-१ ले जित्यो । हारसँगै टिम घर फर्किसकेको छ र खेलाडीहरूले स्वागतमा तीतो अनुभव गरे । चारैतर्फ खेलाडीको विरोध भैरहेको थियो ।

यसबीच प्रशिक्षक डुंगाले पनि आपmनो पद गुमाए, उनी बर्खास्तीमा परे । डुंगाले चार वर्ष ब्राजिलीयन टिम सम्हाले । उनी आफै पनि विश्वकप विजय ब्राजिलीयन टिमका सदस्य हुन् । टिमको जिम्मेवारी पाएका बेला उनले भनेका थिए, शैलीभन्दा जित महत्त्वपूर्ण हुन्छ । उनको बुझाइ थियो, 'सुन्दर फुटबल खेल्दैमा मात्र सफलता कहाँ हात पर्छ ?'

ब्राजिल विश्वमै सर्वाधिक लोकपि्रय टिम हो । अरू टिम मन पराउने अधिकांशको दोस्रो रोजाइ ब्राजिल नै हुन्छ । पेलेको ब्राजिल यति धेरै लोकपि्रय हुनुका पछाडिको एक मात्र कारण यसले खेल्ने सुन्दर फुटबल हो, जसलाई ब्राजिलतिर 'जोगो बो निटो' भनिन्छ । ब्राजिलीयन खेलाडी दर्शकको मन छुने फुटबल खेल्न माहिर छन् । उनीहरू दिमागले नभएर मनले फुटबल खेल्छन् ।

मनले खेल्ने फुटबल सुन्दर हुन्छ । पारम्परिक रूपमा ब्राजिलीयन खेलाडी छोटो छोटो पासमा फुटबल खेल्छन् र आपmनो व्यक्तिगत खेल कौशल देखाउन कहिल्यै पछाडि पर्दैनन् । पेले सम्मिलित ब्राजिलीयन टिमले सबैको मन छुने फुटबल खेल्छ भन्नेहरू धेरै छन् । अझ सन् १९८२ को विश्वकप खेलेको ब्राजिलीयन टिमलाई अहिलेसम्मकै सर्वाधिक राम्रो मानिन्छ ।

अपि|mकी महादेशमा भैरहेको यसपल्टको विश्वकपमा पनि ब्राजिलको सुरुवात राम्रो रहे पनि उनीहरूको खेलले धेरैको मन छुन सकेन । बिस्तारै ब्राजिलले राम्रो खेल्दै थियो, तर ऊ नेदरल्यान्डसँग पराजित भयो । डच टिमको सामना गर्नुअघि नेदरल्यान्डकै महान् खेलाडी जोन क्रुफले भनेका थिए, 'अहिलेको ब्राजिलीयन फुटबल पैसा तिरेर हेर्न लायक छैन्, किनभने उनीहरू वास्तविक ब्राजिलीयन फुटबल खेल्दैनन् ।'

ब्राजिलीयन टिम सम्हाल्ने अवसर दिंदा डुंगासँग प्रशिक्षणको खासै अनुभव थिएन । खेलाडी छँदा उनको जिम्मेवारी डिफेन्समा थियो, मिडफिल्डतिर खेल्दा पनि उनी आक्रामक भन्दा बढी रक्षात्मक हुन्थे । उनको खेलको एउटा ठूलो विशेषता के थियो भने उनी ब्राजिलका लागि खेल्न पाउँदा असाध्यै गर्व गर्थे । उनी आफूमै बढी सीमित हुने र कम खुल्न रुचाउने खेलाडी थिए ।

त्यसको स्पष्ट प्रभाव वर्तमान टिममा पनि पर्‍यो । डुंगाको नेतृत्वमा ब्राजिलले ५९ खेल खेल्यो, त्यसमध्ये ४१ मा जित हात पार्‍यो । पराजित खेल संख्या छ मात्र रह्यो । यी सबै खेलमा ब्राजिलले भलै धेरै जित आत्मसात् गर्‍यो, तर सुमधुर फुटबल भने खेल्न सकेन् । दक्षिण अपि|mका आउनुअघि ब्राजिलले फेरि सुन्दर फुटबल खेल्नुपर्छ भन्नेमा रोनाल्डिन्हो पनि थिए ।

नतिजा, उनी विश्वकप टिममै परेनन् । डुंगाले टिमलाई कडिकडाउ नियममा बाँधेका थिए । खेलाडीहरूले खुलेर मिडियाको सामना पनि गर्न पाएनन्, जबकि ब्राजिलीयन फुटबलको एउटा ठूलो र दुर्लभ विशेषता मिडियासँगको अत्यधिक नजिकको सम्बन्ध हो ।

ब्राजिलले यसपल्ट जितलाई बढी ध्यानमा राखेर डिफेन्समा बढी जोड दिएको थियो, उनीहरूको फुटबल केही पारम्परिक युरो पेली टिमको जस्तो थियो । डुंगाले जितअघि त्यो शैलीलाई पछाडि छोडे, तर नयाँ शैलीले पनि अन्ततः जित दिएन् । सन् १ ९९० यता ब्राजिल विश्वकपमा पहिलेको जस्तो छैन । अब ब्राजिलीयन फुटबलमाथि सबैको नजर हुनेछ, साँच्चै अब उनीह रूले कस्तो खेल्नेछन् ?
Bookmark this post:
StumpleUpon Ma.gnolia DiggIt! Del.icio.us Blinklist Yahoo Furl Technorati Simpy Spurl Reddit Google

canada nepal fm store

  • BBC-Nepali
  • BFBS-RADIO
  • Canada-ko-FM
  • Kantipur-FM
  • Hits-Fm
  • Image-FM
  • Machhapuchhre-FM
  • Maitri-FM
  • Nepal-Chautari
  • Nepal-FM
  • Nepali-Ko-FM
  • Radio-Aawaz
  • Sagarmatha-FM
  • Radio-Lumbini
  • BIG FM
  • Janaki Fm
  • Radio Mirmire
  • Ujyaalo 90 Network
  • Nepali Times Fm
  • Classic FM 101.2
  • Radio Nepal
  •  

    Copyright © 2009 by nepal2india

    Template by Blogger Templates | Powered by Blogger